कैलालीमा नेपाल तरुण दलद्धारा रिले अनसन

छिनोफानो   बिहिबार १४, असार २०८० ०६:३०

कैलालीमा नेपाल तरुण दलद्धारा रिले अनसन गरिएको छ । तरुणदलमा आबद्ध रहेका महत्वपुणर् व्यक्तिहरुलाई केन्द्रिय समितीमा समावेश नगरिएको भन्दै उक्त दल अनसनमा बसेको हो । 


पार्टीका नेतृत्वकर्ता तथा नेपाली कांग्रेशका सभापती शेरबहादुर देउवालाई दबाब स्वरुप कैलालीमा रहेको जिल्ला पार्टी कार्यालयद्धारा तरुणदलमा आबद्ध व्यक्तिहरुले आजबाट अनसन थालेका हुन् । तरुणहरुको मानर्मदन हुनेगरी विधान विपरीत विभेदकारी सिण्डकेट प्रथाद्धारा ल्याईएको तदर्थ समितीलाई यथाशिघ्र पुर्नगमन गरीनुपर्र्ने माग रहेको नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर बमले बताए ।


लामो समयसम्म पनि पार्टीमा रहेर काम गर्दा समेत केन्द्रिय समितीमा अन्यहरुको नाम राखेर आफुहरुलाई अपहेलीत तुल्याएको अनसनरतहरुको गुनासो छ । उनीहरुले अनुसार आन्दोलन,चुनाव तथा संघर्षजस्ता बिभिन्न प्रयोजनमा मात्र आफुहरुलाई सम्झने र समिती गठन गरिदां आफुहरुलाई छुटाइएको भन्दै घोर भत्सर्ना गरेका छन् । 
२०८० साल असार १३ गते गठिन समितीले पुराना जिल्ला अध्यक्षहरुको नाम समावेश गरेको छैन । जसमा तरुणदलमा आबद्धहरु असन्तुष्ट बनेका छन् । आफ्ना मागहरु केन्द्रले सुनुवार तथा सम्बोधन नगरे अग्राल रुपमा सुदुरपश्चिम प्रदेशभरी नै अनसन थालिने कैलाली तरुणदलद्धारा चेतावनी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु