धनगढीको एसपीए कलेजलाई राष्ट्रिय शिक्षा सम्मान

छिनोफानो   आइतबार १७, असार २०८० ११:५२

धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा शनिवार आयोजित एक समारोहका बीच देशभरिकै कलेजको उपस्थितिमा एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो । 

पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई दोसल्ला ओढाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरुबीच विभिन्न मापदण्डका आधारमा गरेको प्रतिस्पर्धामा एसपीए उत्कृष्ट कलेजभित्र पर्न सफल भएको हो । 

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो । 

अवार्ड ग्रहण गर्दै एसपीएका क्याम्पस प्रमुख उपाध्यायले २६ वर्षको लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउँनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताए । 
 
समग्रमा एसपीएले पाँचौपटक उत्कृष्ट उमावि र कलेजको सम्मान पाइसकेको छ । २०६२ र ६३ सालमा एसपीएले उत्कृष्ट प्लस टूको अवार्ड पाएको थियो । यस्तै पछिल्लो दुई वर्ष कलेजले लगातार उत्कृष्ट कलेजको अवार्ड पाउँदै आएको छ । 
एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले यसैवर्ष देशभरिबाटै उत्कृष्ट प्रिन्सिपल अवार्ड समेत पाएका थिए । कलेजले गतवर्ष अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड-२०२२ को अवार्ड समेत जितेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु