धनगढीमा सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम

छिनोफानो   आइतबार १७, असार २०८० ०१:३९

 धनगढीमा सडक दुर्घटना न्यूनीकरणका लागि नागरिक प्रहरी सम्मेलित सचेतना कार्यक्रम गरिएको छ । आइतबार मालिकार्जुन दार्चुला सेवा समिति कैलालीको आयोजना र धनगढी उपमहानरपालिका, यातायता व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको सहकार्यमा उक्त सचेतना कार्यक्रम गरिएको हो । 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले वर्षाद सुरु भएसँगै दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेतनामूलक कार्यक्रम गरिएको बताए । उनका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।


दुर्घटनाबाट बचौं र बचाऔं ट्राफिक नियम जानौं पनि मानौं पनि,’ लेन अनुशासनको पूणर् पालना गरौँ, सभ्य र शिष्ट नागरिकको परिचय दिऔं’ भन्ने नारासहित सचेतना कार्यक्रम गरिएको मालिकार्जुन दार्चुल सेवा समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु