एसईइको नतिजा सार्वजनिक हुँदै

छिनोफानो   सोमबार १८, असार २०८० ०१:३९

आगामी २३ असार शनिबारसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुने भएको छ । अहिले नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका-२०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निणर्य गर्ने व्यवस्था छ । आइतबारसम्म बैठक डाकिएको छैन ।

गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु