नेपालले आयरल्यान्डलाई दियो जितका लागि २६९ रनको लक्ष्य

  मङ्गलबार १९, असार २०८० ०५:०८

विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको छ । मंगलबार भएको खेलमा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको हो ।

आयरल्याण्डविरुद्ध गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले अविजित ५७ रन जोडे। सन्दीप लामिछाने र गुल्सनले साझेदारीमा ८० रन बनाए । सन्दीप ३२ रन बनाएर बाहिरिए ।

यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। करण केसी ४ रन बनाएर आउट भए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु