सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै नागरिक उन्मुक्ति पार्टी

छिनोफानो   बिहिबार २१, असार २०८० १२:१०


सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । बुधबार पार्टीले प्रदेश सरकारमा आफ्नो मन्त्री पठाउने निणर्य गरेको छ ।

 

 यहीँ साताभित्रै नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए । तर पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निणर्य हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निणर्य गर्न बाँकी रहेको बताए । प्रवक्ता पण्डितका अनुसार उक्त विषयमा छलफलका लागी चाडै बैठक बस्ने सल्लाह भएको छ ।
 
यस्तै नागरिक उन्मुक्ति पार्टीले रिक्त रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ । नागरिक उन्मुक्ति पार्टील प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई सरकार पठाउने तयारी गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु