नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

  शुक्रबार २२, असार २०८० ०२:५५

आईसीसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । जिम्बावेमा भएको छनोट प्रतियोगिता खेलेर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो । 

नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले खेलाडीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्ट इन्डिज र नेदरल्याण्डसँग पराजित भएको थियो । नेपालले अमेरिकालाई मात्र हराएको थियो । 

प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु