धनगढीमा डेङ्गु रोगको बिरामी फेला

छिनोफानो   शुक्रबार २२, असार २०८० ०५:५४

कैलालीको धनगढीमा  डेङ्गु रोगको बिरामी फेला परेका छन् । धनगढी उपमहानगरको वडा नम्बर-९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन् । 

गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । बिहीवार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार हाल बिरामीको उपचार भइरहेको छ । 

अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीको आग्रह छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु