यू-१६ विजेता खेलाडीहरुलाई एसपीएको सम्मान, निःशुल्क अध्ययन र प्रशिक्षणको व्यवस्था

  आइतबार २४, असार २०८० ०४:२७

 धनगढीको सुदूरपश्मिाञ्चल एकेडेमी (एसपिए) ले सुदूरपश्चिमका ३ जना क्रिक्रेट खेलाडीहरुलाई सम्मान गरेको छ । (एसपिए) ले असार २१ गते मलेसियामा भएको एसीसीं - १६ इस्ट जोन कपको खेलका विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।

नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ । घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू-१६ इस्ट जोनको उपाधि जितेको थियो ।
 
एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान रहदै आएका छन् । यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नु भएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन भने अशोक धामी बझाङबाट प्रतिनिधित्व गर्छन । 

तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ । आगामी दिनमा पनि कलेजले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न एसपीएले यस्ता खाले कार्यक्रम गरिरहने क्याम्पस प्रमुख उपाध्यायले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु