नेपालमा कोरोना संक्रमण दर ६.७ प्रतिशत

छिनोफानो   बिहिबार २१, असोज २०७८ १०:०८

काठमाडौं, २१ असोज । बुधबार नेपालमा कोरोना संक्रमण दर ६.७ प्रतिशत रहेको छ । २४ घन्टामा परीक्षण भएका १५ हजार ४ सय ६५ नमुनामध्ये १ हजार ४३ जनामा कोेरोना पुष्टि भएको हो ।

थप संक्रमितसहित नेपालमा कुल संख्या ८ लाख ९२ हजार २ सय ६७ पुगेको छ । तीमध्ये १६ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन् । १४ हजार ९ सय ७५ जना होम आइसोलेसनमा छन् । १ हजार २ सय १९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणका कारण बुधबार थप १२ जनाको मृत्यु भएको छ । थपिएका सहित नेपालमा कुल मृतक संख्या ११ हजार १ सय ९२ जना पुगेको छ । नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु