प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत ः महामन्त्री शर्मा

छिनोफानो   आइतबार २४, असार २०८० ०६:२५

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन् । आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद्, सांसदहरू र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउने गरी बोल्न नमिल्ने प्रस्ट पारे । 

 

स्थिर सरकारको परिकल्पना गरेर प्रतिपक्षले पनि पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ । पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच-पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ । हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो । त्यसवेलै राजीनामा हुन्थ्यो होला । 

 

जनताद्वारा निर्वाचित संसद्ले पाँच वर्ष काम गर्ने भनेको बीचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला। राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनुहुँदैन,’ उनले भने । महामन्त्री शर्माले विवेकपूणर् मुद्दा उठाउँदै गर्दा आवेगपूणर् समाधान खोज्न नहुने भन्दै प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल नै निरन्तर रहने प्रस्ट पारे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु