‘शीर्ष तहको सहमतिबाट एमाले पछि हटेपछि संसद् बैठक स्थगित’

छिनोफानो   आइतबार २४, असार २०८० ०६:३३

प्रतिनिधिसभाको आजको बैठक दिउँसो ३ बजे बस्ने भनिए पनि अन्ततः सोमबारसम्मलाई स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी सोमबार ३ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जनाएको छ ।

 

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा एमालेले संसदमा आफ्ना कुरा राख्ने र प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने सहमति भएको थियो। तर, उक्त सहमतिबाट एमाले पछि हटेपछि आजको बैठक स्थगित भएको माओवादी र कांग्रेसका नेताहरूले बताएका छन् ।

 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘केपी ओलीले शीर्ष तहमा छलफलपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन खुलाउने भने । पछि फेरि कुरा मिलेको छैन भनेपछि आज ३ बजेको बैठक स्थगित गरियो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि शीर्ष तहको सहमतिबाट एमाले पछि हटेपछि बैठक स्थगित भएको प्रतिक्रिया दिएका छन् । गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु