सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने

छिनोफानो   सोमबार २५, असार २०८० ११:३४

सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने भएको छ । प्रदेश सभा बैठक आज दिउसो ४ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

असार १ गते बसेको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । सरकारले प्रदेश सभालाई विजनेस नदिनु र वार्षिक कार्यक्रम (रातो किताव)माथि सत्तापक्ष र प्रतिपक्षी दलहरुको असन्तुष्टिका कारण बैठक सञ्चालन हुन सकेको थिएन्  ।

साउन १ गतेभित्र बजेट पारित गरिसक्नु पर्ने कानुनी प्रावधान अनुसार सरकारले बजेटमाथिको छलफल भोलीदेखि सुरु गर्ने तयारी गरेको छ । सोमबार विहान बसेको कार्य परामर्श समितिले आज बैठक शुरु गरेपनि बजेटमाथिको छलफल अघि नबढाउने निणर्य गरेको छ ।

प्रदेशका सभामुख भीमबहादुर भण्डारीले भने -‘कार्य परामर्श समितिको बैठकले आज बस्ने प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पेश गरि पारित गर्ने कार्यसूचि तय भएको छ । भोलीदेखि बजेटमाथिको छलफल अघि बढ्ने छ ।’

असार १ गते प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु