‘आदिपुरुष’को विरोध भारतको विरोध होईन - बालेन शाह

छिनोफानो   सोमबार २५, असार २०८० १२:०४

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्, भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएका थिए । उनको यो निणर्यलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो । 

 

अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु