डडेल्धुराका विद्यार्थीको एसइई नतिजामा त्रुटि फेला

छिनोफानो   सोमबार २५, असार २०८० १२:१५

डडेल्धुराका विद्यार्थीको एसइई नतिजामा त्रुटि फेला परेको छ । थुप्रै विद्यार्थीको विद्यालयले पठाएको प्रयोगात्मक प्राप्ताङ्कभन्दा नतिजा फरक आएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको माउन्टेन विद्यालयबाट एसइई दिएका २७ जना विद्यार्थीको नतिजमा त्रुटि भएको भन्दै सुधार गर्न परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह समेत गरेको छ । 

विभिन्न विषयमा विद्यालयले पठाएको प्रयोगात्मक नम्बरलाई नै इकाईले सदर गरेको तर त्यसलाई अक्षराङ्क पद्धतिमा रूपान्तरण गर्दा त्रुटि भएकाले नतिजा सुधार गरिदिन आग्रह गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु