संसदको अवरोध हटाउन शीर्ष नेताबीच सहमति

छिनोफानो   सोमबार २५, असार २०८० ०४:०१

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ । 

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताएका थिए । प्रतिनिधिसभाको बैठक आज तीन बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ । 

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु