प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले संसद् अवरोध नगर्ने

छिनोफानो   सोमबार २५, असार २०८० ०४:०६

नेकपा एमालेले सदन खुलाउन दिने भएको छ। प्रधानमन्त्रीसँगको छलफलपछि एमाले संसदीय दलको बैठकले सदन खुलाउन दिने निणर्य गरेको सो पार्टीका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

एमाले संसदीय दलको बैठकअघि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले आत्मालोचनासहित अभिव्यक्ति सच्याउने र प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा दुःख व्यक्त गर्ने सहमति भएपछि सदन खुलाउन दिने निणर्य भएको गिरीले बताए ।

संसदीय दलको बैठकपछि गिरीले भने, ‘प्रधानमन्त्रीले आत्मालोचनासहित अभिव्यक्ति सच्याउनुहुन्छ, वक्तव्यमा दुःख व्यक्त गर्नुहुन्छ भनेर अध्यक्षले जानकारी गराउनुभयो। हामीले सदन खुलाउन दिने निणर्य गरेका छौँ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु