प्रधानमन्त्री प्रचण्डले संसदमा आज स्पष्टीकरण दिने

छिनोफानो   सोमबार २५, असार २०८० ०४:१३

 आफ्नो अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज स्पष्टीकरण दिने भएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि प्रधानमन्त्रीले भने, ‘म सदन जाँदै छु बोल्नलाई।’ प्रधानमन्त्रीभन्दा केही पहिले निस्केका ओली र देउवाले छलफलका विषयमा कुनै प्रतिक्रिया दिएनन् ।

छलफलमा के भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले ओलीसँग जवाफ माग्न भन्दै पन्छिएका थिए भने ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएका थिए । प्रतिनिधिसभाको बैठक अहिले ३ बजेलाई बोलाइएको छ। बैठकअघि अहिले एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्दै छ ।

यसअघि आइतबारको छलफलमा प्रधानमन्त्रीले विवादित अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्ने र सदन सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेन । सहमति गरेर निस्केका ओलीले एमालेलाई आक्षेप लगाएर प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नोट र गृहमन्त्री नारायणकाजी श्रेष्ठको ट्विट धारणाबारे पनि स्पष्ट पार्नुपर्ने अडान राखेपछि सहमति भाँडिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु