प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुस्- राजेन्द्र लिङ्देन

छिनोफानो   सोमबार २५, असार २०८० ०४:५५

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुुस्,’ उनले भने । 

बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिनुपर्ने बताए । मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका उब्जिएको उनको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु