संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न- मलाई किन प्रष्टीकरणको मौका दिइएन ?

छिनोफानो   सोमबार २५, असार २०८० ०४:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे । 

‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले भने, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो ?’ 

विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो र भन्दै उनले आफ्नो विवादित अभिव्यक्तिबारे संसदलाई जानकारी गराइरहेका छन् । 

अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्ट्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु