हरित धनगढी अभियानमा एसपीए कलेजको साथ

छिनोफानो   सोमबार २५, असार २०८० ०५:५३

सुन्दर र हराभरा धनगढी बनाउँने उद्देश्यसहित धनगढी उप-महानगरपालिकाले सुरु गरेको हरित धनगढी अभियानमा एसपीए कलेजले साथ दिएको छ । हरियाली प्रवर्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउँने उद्देश्यका साथ कैलाली भन्सार देखि गोदावरी नगरपालिकाको सिमानासम्म छ लेन सडकको दुवै किनारमा वृक्षारोपण गर्ने कार्यमा एसपीए कलेजले सहयोग गरेको हो । 

एसपीए कलेजले उक्त लेनमा रहेका २० वटा विरुवा संरक्षणको जिम्मा लिएको छ । मेयर गोपाल हमालले सोमबार धनगढी चौराहामा एसपीए कलेज अंकित रुख रक्षा जाली (ट्री गार्ड)को उद्घाटन गर्दै सम्पूणर् धनगढीबासीलाई अभियानमा साथ दिन आह्वान गरेका छन् । उपमहानगरपालिकाले विरुवा संरक्षणका लागि प्रतिविरुवा ५ हजार रुपैयाँ शुल्क तोकेको छ । एसपीएका प्रबन्ध निर्देशक शुवास शाहीले २० विरुवा संरक्षणका लागि तोकिएको शुल्क समेत उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु