आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षका ३ दलको असमर्थन

छिनोफानो   सोमबार २५, असार २०८० ०६:०२

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दललेनै असमर्थन जनाएको छ । सोमबार बसेको तिन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा असमर्थन जनाएको हो । 

सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निणर्य गरेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासंग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निणर्यमा उल्लेख छ । 

नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निणर्यमा भनिएको छ -‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ ।’

उनीहरुले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन् । भनिएको छ -‘जनता र जनताका जनप्रतिनिधिको भावना समेटेर प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन बजेट संशोधनको प्रक्रिया अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दछु ।

उनीहरुले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु