सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार

छिनोफानो   मङ्गलबार २६, असार २०८० १०:५४

सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निणर्य गरेको थियो । त्यसपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो ।

सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए । तर, बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु