नेपालले आज पाकिस्तान ए टिमको सामना गर्दै

छिनोफानो   शुक्रबार २९, असार २०८० १०:२५

श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज पाकिस्तान ए टिमको सामना गर्दै छ । आजको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निणर्य गरेका छन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन् । इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् ।

प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ । नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ । जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन ।

त्यस्तै टिममा समावेश गरिएका आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई टिममा समावेश गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन समुह ए अन्तर्गत श्रीलंका ए र बंगालदेश ए तथा ओमान ए र अफगानिस्तान ए टिम खेल्दै छन् । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । 

पाकिस्तान ए विरुद्ध खेल्ने प्लेइङ ११ः रोहित पौडेल (कप्तान), आसिफ सेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, प्रतिष जिसी, गुलशन झा, अर्जुन साउद र पवन सराफ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु