धनगढीमा सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा

छिनोफानो   शनिबार ३०, असार २०८० ०३:१४

कैलालीको धनगढीमा सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको उद्घाटन गरिएको छ । २५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र सर्वसुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा दिने उदेश्यका साथ धनगढी उपमहानगरपालिका-२मा सञ्चालनमा ल्याइएको हो । 

निजी अस्पतालहरूको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा ल्याइएको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए । उनका अनुसार झन्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै विशेषज्ञ सेवासहितको सौभाग्य हस्पिटलले सेवा प्रवाह गर्ने छ । 

मेरुदण्डको शल्यक्रिया गर्ने विशेषज्ञ सुदूरपश्चिममा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरूको दाबी छ । बाल रोग, स्त्रीरोग, हाड जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्त रोगलगायत सबै स्वास्थ्य सेवाहरूको विशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिइरहेको अस्पतालका अध्यक्ष जोशीले बताए । उक्त अस्पतालमा आईसीयु, एनआईसीयु सेवासहित वातानुकूलित कक्षहरूमा बिरामीले उपचार पाउने बताए । 

 

शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सौभाग्य हस्पिटलको एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । उनले अस्पतालले राम्रो सुविधा दिँदै नमूना बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले निजी क्षेत्रका अस्पतालहरूसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहले बताए । सौभाग्य अस्पतालले १५ दिनसम्म विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिए झैँ निजी क्षेत्रका अन्य अस्पतालहरूले पनि यस्ता किसिमका सेवाहरू दिन आवश्यक रहेको उनको तर्क छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु