सुदूरपश्चिममा निर्वाचन क्षेत्रको रकम ५ करोड रुपैयाँ बनाउने सहमति

छिनोफानो   शनिबार ३०, असार २०८० ०३:२२

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोड बाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन् । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो ।

स्रोतका अनुसार शनिबार नै यस विषयमा लिखित सहमति गर्ने तयारी छ । गठबन्धनका एक नेताका अनुसार बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका थिए । जसमा अरु दलका नेताहरुले सहमति जनाएका हुन् । सुदूरपश्चिममा सत्तारुढ गठबन्धनकै दलहरुले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने बताएका थिए । त्यस विषयमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकले प्रदेशसभा सदस्यहरुले सिफारिस गरेका योजनाहरु पनि बजेटमा समावेश गर्ने सहमति गरेको छ ।

सत्ता गठबन्धनको बैठकपछि नेताहरु आआफ्नो संसदीय दलमा छलफल गर्न बाहिरिएका छन् । सत्तारुढ गठबन्धनमा सहमति भएपछि सकभर आजै र नभए आइतबारसम्म बजेट पारित गर्ने तयारी भएको सत्तारुढ गठबन्धनका एक नेताले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु