कञ्चनपुरकी उप-मेयर रानाद्धारा सरकारी गाडी दुुरुपयोग

छिनोफानो   शनिबार ३०, असार २०८० ०४:०७

कञ्चनपुरको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले सरकारी गाडीको दुरुपयोग गर्दै आएकी छन् । स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्षदेखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर सरकारी गाडीको दुरुपयोग गर्दै आएकी हुन् ।

नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाई नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवाभन्दा बढी आफन्तहरू ओसारपसार गर्नेदेखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख रानाले आफ्नै बिहेमा पानीपुरी लगायतका थुप्रै सामानका लागि भारतको पलिया र बनगाँउबाट समेत नगरपालिकाकै सेतो प्लेटको साधनबाट सामान ओसारपसार गरेकोे पाइएको छ ।

यसरी सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग हुँदा नगरपालिकाले कुनै पनि चाँसो देखाएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले भने नगरपालिकाले पहिले नै सो गाडीको लागि ड्राइभर नियुक्त गरिसकेको बताउँदै उपप्रमुख रानाका श्रीमानलाई नगरपालिकाले अहिलेसम्म ड्राइभरमा नियुक्त नगरिएको जानकारी दिए । उनले अहिलेसम्म गाडी दुरुपयोग भएको भन्ने कुनै गुनासो नआएको दाबी गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु