सचेतकहरुको छलफल लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित

छिनोफानो   आइतबार ३१, असार २०८० ०२:१६

प्रतिनिधिसभाको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो हुँदा समेत सुरू हुन सकेको छैन । मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय भए पनि दलहरुका बीचमा विधेयक पारित गर्ने प्रक्रियाका विषयमा छलफल चलिरहेको छ । 

 

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक भएकाले अन्य विधेयकको रुपमा अगाडि बढाउन नसकिने एमाले नेताहरुको भनाइ छ । यसका लागि भाषा मिलाउनुपर्ने प्रस्ताव एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी लगायतले राखेका छन् । सत्तारुढ दलहरुले ६० दिन भित्र पास हुन नसक्दा अध्यादेश निष्कृय भएको र विधेयक निष्कृय नभएको बताउँदै प्रतिस्थापन विधेयक नै पास गर्नुपर्ने बताएको छ ।

 

नयाँ वानेश्वर स्थित संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिसकेको छ । पास गर्ने प्रक्रियाका सन्दर्भमा थप छलफल गर्ने जिम्मा राजनीतिक दलका प्रमुख सचेतकहरुलाइ दिएको छ । 

 

सचेतकहरुको छलफलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी छन् । सचेतकहरुको छलफल लम्बिएका कारण दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन नसकेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु