मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा एमालेले प्रश्न उठाएपछि अझै सुरु हुन सकेन संसद्

छिनोफानो   आइतबार ३१, असार २०८० ०२:३८

एमालेले मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा प्रश्न उठाएपछि अझै प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठक १ बजेलाई बोलाइएको थियो । 

आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको थियो । कानुनमन्त्री धनराज गुरुङ र प्रमुख दलका सचेतकहरूबीच छलफल जारी छ । एमालेले प्रतिस्थापन विधेयकलाई सामान्य विधेयक मानेर जान नमिल्ने जिकिर गरेको छ ।  यसमा सरकारले स्पष्टीकरण दिनुपर्ने एमालेको धारणा छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु