प्रतिनिधिसभाको बैठक एक घण्टा ३० मिनेट ढिलो गरी शुरु

छिनोफानो   आइतबार ३१, असार २०८० ०४:३०

प्रतिनिधिसभाको बैठक एक घण्टा ३० मिनेट ढिलो गरी शुरु भएको छ । आज आइतवारको बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहे पनि विधेयकको विषयमा सहमति जुट्न नसक्दा दिउँसो १ बजे बस्ने भनिएको बैठक साढे २ बजेमात्रै शुरु भएको हो ।

संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाएको र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु