सुदूरपश्चिम सरकारले पारीत गरेको बजेटमाथी नेकपा एमालेको विरोध

छिनोफानो   आइतबार ३१, असार २०८० ०५:३९

सुदूरपश्चिम प्रदेश सरकारले गएराती १० बजे बहुमतले पारीत गरेको आर्थिक वर्ष २०८०⁄०८१ को बजेटमाथी नेकपा एमालेले विरोध जनाएको छ । राजश्व र व्ययको अनुमान संसदीय मुल्य,मान्यता तथा दलिय व्यवस्थापनको खिल्ली उडाउदै जनताको हकहितका विरुद्ध अबेर राती झ्यालबाट बहुमतले बजेट पारती गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको हो ।

बिषयगत छलफल नगरी अबेर राती बजेट पारित गरिनु संसदीय परम्परा उल्लंघनको पराकाष्ठा रहेको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिँह रावलले बताए । उनका अनुसार प्रदेश सभामा बजेट माथिको छलफलका क्रममा सत्ता पक्षीय बेञ्चबाट उठेको योजना किनबेच र बिचौलियापनलाई सरकारले मौन स्वीकृति दिएको आभास गरिएको छ । उक्त गन्तव्यहीन र दिशाहीन बजेटले प्रदेशको समृद्धि र आत्मनिर्भरता उन्मुख सुदूरपश्चिमको आवधिक योजना लक्ष्य भेदन गर्न नसक्ने उनको तर्क छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको राजधानी योदावरीमा राख्ने पूर्ववर्ती प्रदेश सभाबाट पारित गरिएको निणर्यलाई उपेक्षा गर्दै मन्त्रालयका भवन धनगढीमा निमाणर्का लागी बजेट राखिनु प्रखेश सभाको निणर्यको उल्लंघन गरेको दर्शिएको दलका नेता रावलले बताए । यो प्रवृतीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादको आधार निर्माणको मार्गलाई अवरोध गर्न सक्ने सम्भावना रहेकाले रातारात षडयन्त्रमुलक तरिकाले बजेट पारित गर्ने कार्य प्रती पार्टीको घोर आपत्ति रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु