नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य

छिनोफानो   सोमबार ०१, साउन २०८० ०६:१७

एसिसी इमर्जिङ कप अन्तर्गत नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३९.२ ओभरमा अल आउट हुदै १६७ रन बनाएको हो ।

 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ६५ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए । त्यस्तै नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन, भिम सार्की ४, कुशल मल्ल ० र सोमपाल कामी १४ रन बनाएर आउट भएका थिए । त्यसैगरी पवन सराफ ६, किशोर महतोले २ र ललित राजबंशीले ३ रन बनाएका थिए ।

 

त्यस्तै भारतका बलर निशान सिन्धुले ४ विकेट लिए भने राजवर्धन हाँगारगेकरले ३ विकेट तथा हर्षित रानाले २ तथा मानव सुथरले एक एक विकेट लिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु