पुनः नेकपा एमालेमा सक्रिय भए भिम रावल

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ११:५२

नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । 

अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आएका छन । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका थिएन । 

उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो । तर, लामो समय देखी पार्टी गतिबिधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु