नेपाली काँग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०३:२०

नेपाली काँग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने भएको छ । ५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेभएको हो । मंगलबारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितीको बैठकमा महामन्त्री गगन थापाले आगामी बर्ष पार्टी सदस्यता अभियान चलाउने कार्यक्रम घोषणा गर्दै यस कार्यक्रमबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना  प्रस्तुत गरेका छन् ।

बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् । उनले सदस्यता अभियान बारे बैठकमा प्रस्तुत गर्दै क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको बताए । 

अब इच्छु्क साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्ने उनको तर्क छ । उनका अनुसार कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले सुरू भएकोमा यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरू हुने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु