अतिरिक्त महिना मलमास आजबाट सुरु

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०५:१६

 अतिरिक्त महिना मलमास आजबाट सुरु भएको छ । आजबाट मलमास सुरु भएसँगै मन्दिरमा भगवान् विष्णुको पूजा-आराधना गर्न लाखौँ भक्तजनहरूको मन्दिरमा घुईचो लाग्ने गर्दछन् । 

यस महिनामा नारायणको पूजा गर्नाले पाप नाश हुने जनविश्वास रहेकोले भक्तजनले सो विश्वासका साथ नजिकैको पोखरीमा स्नान पनि गर्ने गर्दछन । मलमास अवधिभर मन्दिरमा नारायणको पूजा- पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूणर् पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ । 

मलमासको एक महिना अन्य भगवानको पूजा आराधना नभएपनि पुरुषोत्तम अर्थात विष्णु भगवानको पूजा आराधना हुने गरीन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु