अनेरास्ववियू सुदूरपश्चिमद्धारा आज शैक्षिक हड्तालको घोषणा

  बिहिबार ०४, साउन २०८० १०:४२

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आज (बिहीवार) शैक्षिक हड्तालको घोषणा गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय कार्यक्रम अन्तरगत शुल्क वृद्धिका विरुद्ध पिसीएल नर्सिङग, एचए, डिप्लोमा इन फार्मेसी संचालित सम्पूणर् शैक्षिक संस्थाहरुमा शैक्षिक हडतको घोषणा गरेको हो ।

अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश हस्ताक्षरीत विज्ञप्ती जारी गर्दै असार २९ गते सिटिइभिटीले मनोमानी तरिकाले पिसीएल नर्सिङग, एचए, डिप्लोमा इन फार्मेसीमा गरेको शुल्क वृद्धिको विरोधमा आम हड्तालको घोषणा गरिएको जनाएको छ । अनेरास्ववियूले जटिल आर्थिक परिवेशमा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा रहेको र आम जनताका छोराछोरीहरु स्वास्थ शिक्षाबाट वन्चित हुने सिटिईभिटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गरेको छ ।

जस अन्तर्गत यहि साउन ०४ गते संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापीरुपमा पिसीएल नर्सिङग, एचए, डिप्लोमा इन फार्मेसी संचालित शैक्षिक संस्थाहरुमा शैक्षिक हडतालको घोषणा गरेको छ । उक्त बन्दलाई भौतिक र नैतिक समर्थन गरि सहयोग गरिदिन संबंधित सबैलाई हार्दिक अनुरोध गर्दछौं।’ विज्ञप्तीमा बन्दको अवज्ञा गर्दै अटेर गरे शसक्त प्रतिरोध गरिने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु