सुदूरपश्चिमका पुराना माननीयले रोजेको लोगो नयाँलाई मन परेन

छिनोफानो   बिहिबार ०४, साउन २०८० ११:२२

सुदूरपश्चिममा प्रदेश सरकारले सांसदहरुले लगाउने प्रदेशको लोगो यसअघि नै बनाउन लगाएको थियो । पूर्व मुख्यमन्त्री त्रीलोचन भट्ट नेतृत्वको सरकार हुँदाबखत २०७४ चैत २६ गते प्रदेशसभाको बैठकले प्रदेशको लोगो निर्धारण गरेको थियो ।

त्यो बेला डोटीको शिखर नगरपालिका-९ का टेकबहादुर किमाडीले दिएको नमुना लोगोलाई लोगो निर्धारण समितिले संसदमा सिफारिस गरेको थियो। उक्त लोगोलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो ।

तर, हाल आएर फेरि प्रदेश सभाले लोगो परिमार्जन गर्ने तयारी गरेको छ । लोगो संशोधन समितिले एक सूचना जारी गर्दै प्रदेशको पहिचान झल्किने लोगो बनाएर यहि साउन १८ गतेभित्र पठाउन अनुरोध गरेको छ । साथै छनौट हुने लोगोका डिजाइनकर्तालाई सम्मान गरिने समेत बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु