एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

छिनोफानो   बिहिबार ०४, साउन २०८० ११:३३

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेन्डामा विचार राख्ने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा संगठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरीयताको विषय, महाधिवेशनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकका एजेन्डामा छलफल हुने उनले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु