साउनमा मेहदीको महत्व

छिनोफानो   बिहिबार ०४, साउन २०८० ११:४०

धार्मिक दृष्टिकोणले साउन पवित्र महिना हो । यो महिनामा हिन्दू धर्मावलम्बीहरू भगवान् शिवको व्रत बस्दै आराधना गर्छन् । मेहदीले छालालाई पवित्र बनाउँछ भन्ने मान्यता पनि छ । त्यही कारण पनि यस महिनामा महिलाहरू मेहदी लगाउँछन् । 

परापूर्वकालदेखि नै महिलाले मेहदी लगाउने चलन छ । यसलाई सुन्दरताको प्रतीकका रूपमा पनि लिइन्छ । हातखुट्टामा मेहदी लगाउँदा मानिसको छालामा लाग्ने विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने विश्वास पनि छ । किनकि, मेहदी आफैँमा एन्टिब्याक्टेरियल वनस्पति हो । साउनमा अत्यधिक वर्षा हुने तथा खेतिपातीको काम गर्नुपर्ने भएकाले पनि हातखुट्टामा हिलो लाग्ने, चिलाउने, घाउ हुनेलगायत समस्या धेरैमा देखिन्छ । 

यस्ता समस्या कम गर्न पनि मेहदीले भूमिका खेल्छ भन्ने मान्यताअनुसार नै प्राचीनकालदेखि विभिन्न वनस्पतिलाई पिसेर त्यसको मिश्रणलाई मेहदीका रूपमा लगाउने गरिएको छ । हिजोआज पिसेको पातको धुलो बजारमा किन्न पाइन्छ । मेहदी आर्टिस्टहरूले विभिन्न आकर्षक डिजाइनका चित्रहरू तयार गर्छन् । हात र खुट्टामा कोरिएका मेहदीका रंगीन बुट्टाले महिलालाई स्टाइलिस देखाउँछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु