राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

छिनोफानो   बिहिबार ०४, साउन २०८० ११:५४

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संघीय संसद सचिवालयका अनुसार मिटरब्याजसम्बन्धी विधेयक बिहीबारको कार्यसूचीमा नपरेको भन्दै सत्तारुढ दलका सांसदहरुले प्रश्न गरेपछि राष्ट्रिय सभा अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  

राष्ट्रिय सभाको बैटक दिउँसो १ बजे बस्ने भएको छ । त्यस भन्दा एक घण्टा अगाडि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । बिहीबारको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने उल्लेख छ । बजेट (विनियोजन विधेयक) र बजेट आश्रति विधेयकहरु राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय ब्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु