मन्त्री धामी द्धारा बैतडीमा खानेपानी योजनको उद्घाटन

छिनोफानो   शनिबार ०६, साउन २०८० ०६:०२

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बैतडीमा खानेपानी योजनको उद्घाटन गरेका छन् । सिगास गाउँपालिका-३ लगनमा प्रदेश सरकारको ८ करोड लागतमा सम्पन्न बृहत् लिफ्ट खानेपानी योजनाको शनिबार मन्त्री धामीले उद्घाटन गरेका हुन् ।

खानेपानी योजानको उद्घाटन गर्दै मन्त्री धामीले सिगासको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए छन् । यहाँको पर्यटन र उद्योघ क्षेत्रको योजना बनाउन नागरिकहरुलाई आग्रह गर्दै त्यसमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री धामीको तर्क छ । 
आर्थिक वर्ष २०७७/७८ बाट सुरुभएको खानेपानी योजना २०७९/८० मा सम्पन्न भएको हो । खानेपानीको समस्या भोगिरेहका नागरिकहरु योजना सम्पन्न भएर पानीको आपुर्ति भएपछि खुसी भएका छन् । यो खानेपानी योजनाबाट १३७ घरधुरीका लाभान्वित भएका जनाइएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री धामीसँगै सुदूरपश्चिम प्रदेशकै निवर्तमान भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटी, शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीलगायत स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु