फतिमा सुमारको पहिलो भेट पूर्वप्रधानमन्त्री ओलीसंग

  बिहिबार २४, भदौ २०७८ ०३:२९

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्। बिहीबार बिहान  त्रिभुवन विमानस्थलमा ओर्लिएकी फतिमा सुमारले काठमाडौंमा भेटघाट थालेकी छन्।

ओलीलाई भेट्न सुमार र एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स दिउँसो उनको निवास बालकोट पुगेकी हुन्। सुमारबीचको भेटमा अध्यक्ष ओली संग  नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएका थिए।
ओली सरकार हुँदा एमसिसी संसदमा पेश भएको थियो भने बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका थिए।

एमसिसीबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सुमार नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आइपुगेकी हुन्। उनले सत्तारूढ  दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ। सुरक्षा चुनौतीलाई मध्यनजर गरी सुमार र ब्रुक्सको सुरक्षामा सादा पोशाकका प्रहरी पनि खटाइएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले नेपाल भ्रमणमा आएका एमसिसी पदाधिकारीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
‘उच्छृङखल गतिविधिहरू नहोऊन् भनेर सुरक्षा बढाएका छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले भने।
  स्रोत सेतोपाटी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु