सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादनका लागी तीन करोड रुपैयाँ विनियोजन

छिनोफानो   आइतबार ०७, साउन २०८० ०३:०१

सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको हो ।

भेटेरीनरी एम्बुलेटरी सेवाका लागि उपकरणसहित पिकअप खरिद गर्न ५५ लाख रुपैयाँ, डिजिटल स्मार्ट बोर्ड खरिद गर्न ८ लाख रुपैयाँ, खाद्यन्न गोदाम घर निर्माण गर्न ४० लाख रुपैयाँ, मन्त्रालयको लागि बाउण्डरी वाल निर्माण गर्न १० लाख रुपैयाँ, डडेल्धुरामा मौरी स्रोत केन्द्र निर्माण गर्न एक करोड रुपैयाँ, बीउ उत्पादनका लागि गोदाम घर, औजार, प्रशोधन तथा प्याकेजिङ सहयोगका लागि एक करोड २५ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै टीकापुरमा उन्नत नश्लका भैँसी आनुवांशिक फार्म तथा संरचना सुधारका लागि १० लाख रुपैयाँ, मन्त्रालय परिसरमा फुल बगैचा निर्माण गर्न १० लाख रुपैयाँ, गोदावरी नगरपालिका-१ अत्तरियामा कृषि थोक बजार स्टल निर्माण गर्न ५० लाख रुपैयाँ, लागत साझेदारीमा खाद्य गोदाम घर निर्माण गर्न दुई करोड रुपैयाँ र स्थानीय तहको लागत साझेदारीमा कोल्डस्टोर/कोल्ड चेम्बर तथा कुलबुट निर्माण गर्न दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, कोल्डस्टोर/कोल्ड च्याम्बर, कृषि बजार, कृषि उत्पादन प्रशोधन उद्योग, गोदाम घर सम्वन्धि संभाव्यता अध्ययन गर्न २५ लाख रुपैयाँ, वृह्त एवं विशेष उत्पादन क्षेत्रहरुको विस्तृत संभाव्यता अध्ययन गर्न १८ लाख रुपैयाँ, बाजुरा, बझाङ र दार्चुला जिल्लामा च्याङ्ग्रा पालन सम्वन्धि स्थलगत सर्वे तथा संभाव्यता अध्ययन गर्न ४५ लाख रुपैयाँ, कार्पेट, पर्दा र गलैजा खरिद गर्न ५ लाख रुपैयाँ, कार्यालयमा अन्य फर्निचर खरिद शिर्षकमा १० लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु