शिखर सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्डसहितको टोली इटलीमा

छिनोफानो   आइतबार ०७, साउन २०८० ०३:३०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली इटली आइपुगेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहालसहितको टोली आइतबार बिहान इटालीको रोम आइपुगेको हो ।

उनले इटालीको रोममा नेपाली समुदायसँग अन्तर्क्रिरया गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम आइपुगेका प्रचण्डले नेपाली समुदायले आयोजना गर्ने दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाका अनुसार आइतबार साँझ प्रधानमन्त्रीले युरोपमा रहेका पार्टी निकट कार्यकर्ताहरुसँग अन्तर्क्रिरया गर्दैछन् ।  ‘हामी जनप्रगतिशील मञ्च स्पेनको टोली रोम जादैछौं’, ढुंगानाले भने, ‘आज साँझ नेपाली जनप्रगतिशील मञ्च युरोपसँग आवद्व संगठनसँग प्रधानमन्त्रीले छलफल तथा भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भम्रणलाई सफल पार्न नेपाली राजदूतावास भियनाका राजदूत भरतकुमार रेग्मी लगायतको टोली शनिबारनै रोम पुगेको थियो । इटालीलाई नेपाली राजदूतावास स्वीट्जरल्याण्डले हेर्दै आएको भएपनि प्रधानमन्त्रीको भम्रणको व्यवस्थापन भने नेपाली राजदूतावास भियनाले गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु