सेती प्रादेशिक अस्पतालको सेवा सुस्त, मारमा सेवाग्राही

छिनोफानो   सोमबार ०८, साउन २०८० ०४:०४

सुदूरपश्चिम परदेशकै रिफरल अस्पतालका रूपमा रहेको कैलाली स्थित धनगगढीको सेती प्रादेशिक अस्पतालको सेवा सुस्त हुँदा सेवाग्राहीहरू मारमा पर्ने गरेका छन् । अस्पताल प्रशासन र स्वास्थयकर्मीको चरम लापरवाहीका कारण सेवाग्राहीले चुस्त र दुस्त रूपा सेवा पाउन पाउन सकेका छैनन् ।

सुदूरपश्चिमका विभिन्न दुर दराजका क्षेत्रहरुबाट सेवाग्राहीहरु सेवा लिन आउने गरेको सेती प्रादेशिक अस्पतालमा स्वास्थयकर्मीहरुको कुनै यकिन टाईम टेबल अथवा रुटिन नै नभएपछि सेवा ग्राहीहरुले समयमै सेवा पाप्त गर्न नसकेको उनीहरुको गुनासो छ । यस्तै अस्पतालमा स्वास्थ्यकर्मीले आफ्नो मनोमानी ढङ्गबाट सेवा दिने गरेकोमा सिकिस्त बिरामीहरुले समेत सजिलै उपचार सेवा पाउन सकेका छैनन् । जसका कारण सेवाग्राहीहरुले सामान्य स्वास्थ्य सेवा लिन पनि निजी अस्पतालमा चर्को शुल्क तिर्नुपर्र्ने बाध्यता कायम भएको छ ।

अस्पतालको वार्डमा बेडभर्ना भई उपचार सेवा लिरहेका बिरामीहरु समेत उक्त समस्याबाट अछुत रहेका छैनन् । तर अस्पताल प्रशासनले भने यस विषय बारे कुनै चासो दिएको देखिदैन । विरामीहरुको स्वास्थ्य अवस्था बारे हेरबिचार गर्न खटिएका नर्सहरुले पनि बिरामी र कुरुवाहरु सँग तुछ्छ सोभावको व्यवहार गर्ने गरेको सेवाग्राहीको दुखेसो छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु