नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० र २१मा बस्दै

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० १०:३४

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ । महाधिवेशनको मिति र स्थान तय गर्नका लागी पार्टीको बैठक बस्ने भएको हो ।  

पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् । बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने पन्तको भनाई छ । यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ । 

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ । यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ । बैठकको निणर्यलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्ष नेतालाई जिम्मेवारी प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु