आज बिस्तार हुँदै सुदूरपश्चिम प्रदेश सरकार

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०२:१५

सुदूरपश्चिम प्रदेश सरकार आज बिस्तार हुने भएको छ । पाँच महिनापछि पूणर्ता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् । 

नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् । नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजेट शपथ ग्रहण हुने जानकारी दिए । यस्तै रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैतडीबाट सांसद भएका शिवराज भट्टको नाम चर्चामा छ । 

रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि मन्त्रालय रिक्त रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु