सेती अस्पतालमा स्वास्थ्यकर्मीको मनपरी,बिरामीलाई उपचार पाउनै मुस्किल

छिनोफानो   मङ्गलबार २३, साउन २०८० ११:५७

सुदूरपश्चिम प्रदेशकै एक मात्र रिफरल केन्द्र सेती प्रादेशिक अस्पतालमा बिरामीलाई उपचार पाउनै मुस्किल भएको छ । अस्पताल प्रशासनको चरम लापरवाही र स्वास्थ्यकर्मीको मनपरीका कारण एर्मेजेन्सी बिरामीले समेत समयमै उपचार पाउन सकेका छैनन् ।   

विशेष गरी अस्पतालको एर्मेजेन्सी वार्डमा स्वास्थ्यकर्मीहरुले आफ्नो मनपरी चलाई रहदा उपचारका लागी आउने एर्मेजेन्सी अवस्थाका बिरामीहरुले समयमै उपचार नपाएका हुन् । विगत लामो समयदेखि अस्पतालमा उक्त समस्या बल्झिदै आएको भएपनि अस्पताल प्रशासन भने,यस विषयलाई देखाअनदेखा गर्दै आएको छ । जनस्तारबाट पटक पटक आवाज उठ्दा समेत अस्पतालले यस तर्फ कुनै चासो नै नदेखाएको सेवाग्राहीको गुनासो छ । अस्पतालले सुदूरपवश्चिमका जनताको सेवा प्रवाहका नाममा कर्मचारी पाल्ने कुरामा बढी जोड दिएको उनीहरुको आरोप छ ।  

यस्तै सुदूरपश्चिमका पहाडी जिल्लाका दुर-दराजबाट रिफर भई आउने बिरामीहरु सेती अस्पतालको उपचार सेवाबाट बञ्चीत हुन पुगेका छन् । यसमा पनि गरिब,असाहय र अपाङ्गता भएका ब्यतmीहरुलाई त झन् उपचार सेवा लिन पनि धौधौको अवस्था सृजना भएको छ । जसका कारण कोहीले समयमै उपचार पाउन नसक्दा ज्यानै जाने अवस्था आउने गरेको छ,भने कोही चर्को रकम खर्च गरेर निजी अस्पतालमा उपचार सेवा लिन बाध्य छन् । यसरी सामान्य उपचारका लागी समेत चर्को रकम खर्चगरी निजी अस्पतालको भरपर्नुपर्ने अवस्था कायम हुँदा समेत सरोकारवाला भन मुकखर्शक झैँ बनेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु