शहरी विकासमन्त्री बन्दै प्रेम आले

छिनोफानो   शुक्रबार २२, असोज २०७८ ०३:३४

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । समाजवादीले नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ ।

स्वास्थ्यका लागि प्रस्ताव गरिएकी नेतृ रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा शहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको छ ।

त्यस्तै भवानी खापुङलाई राज्यमन्त्रीमा सिफारिस गरिएको स्रोतको दाबी छ । तर, खापुङले राज्यमन्त्री अस्वीकार गरेको खबर बाहिर आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु