अविरल वर्षाका कारण कैलालीका साढे चार सय बढी घरपरिवार प्रभावित

छिनोफानो   मङ्गलबार २३, साउन २०८० १२:२८

कैलालीमा लगातार भएको अविरल वर्षाका कारण साढे चार सय बढी घरपरिवार प्रभावित भएका छन् । मंगलबार रातीदेखि भएको भारी वर्षाका कारण चार सय ६३ घरपरिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, जोशीपुर, गोदावरी नगरपालिका, कैलारी तथा चुरे गाउँपालिकाका विभिन्न स्थानमा रहेका बस्तीमा वर्षाका कारण घरपरिवार प्रभावित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का १४ घरपरिवार, भजनी नगरपालिकाका ७७ घरपरिवार,  जोशीपुर गाउँपालिकाका ५६ र कैलारी गाउँपालिकाका एक सय ५० घरधुरी प्रभावित भएका छन् भने गोदावरी नगरपालिकाका एक पसलमा क्षति पुगेको छ ।

यस्तै पहिरोका कारण गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोला र चुरे गाउँपालिका वडा नम्बर ५ गोपालेमा गएको पहिरोका कारण बाटो अवरोध भएको छ । प्रहरी र सुरक्षा निकायहरुले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु